२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

जसपा बैठक आज ४ बजे पार्टी कार्यालयमा बस्दै



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज ४ बजे पार्टी कार्यालयमा बस्दै छ ।

आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिकाउपर छलफल हुने छ । यस अघि

शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको थियो ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : ३३ बजे