२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

इलामको सप्तमाइ मतदान केन्द्रमा महिला कर्मचारीले मात्र मतदान गराउँदै



इलाम। इलामको निर्वाचन क्षेत्र नं। २ अन्तर्गत इलाम नगरपालिका–५ को सप्तमाइ अध्ययन तथा अनुसन्धान मतदान केन्द्रमा मतदान गराउने जिम्मा महिलालाई दिइएको छ ।

सप्तमाइ अध्ययन तथा अनुसन्धान केन्द्रलाई नमुना मतदान केन्द्रका रूपमा परिभाषित गर्दै मतदानको सबै जिम्मेवारी महिलालाई मात्रै दिइएको हो ।

उक्त केन्द्रका मतदान अधिकृत सहायक मतदान अधिकृत र मतदान कर्मचारी सबै महिला रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

पाँच सय ४५ मतदाता रहेको उक्त केन्द्रमा पाँच जना महिला कर्मचारी खटाइएको छ । उक्त केन्द्रमा स्वास्थ्यकर्मी तारा श्रेष्ठलाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ । साथै केन्द्रमा महिला प्रहरी मात्र खटाइएको छ भने धमाधम मतदान भइरहेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  १२ : ३८ बजे