१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

नेप्से बढेसगैँ कारोबार रकममा वृद्धि



काठमाडौं । मंगलबार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २५.९३ अंक बढेर २००६ अंकमा कायम भएको छ । कारोबार रकम पनि उच्च दरले बढे पछि आज ४ अर्ब ८० करोडको कारोबार भयो । सोमबार अघिल्लो दिन २ अर्ब ९५ करोडको कारोबार भएकोमा
कुल २१५ कम्पनीको मूल्य बढ्यो भने २६ को घट्यो, ४ को स्थिर रह्यो । यस दिन विकास बैंक समूह सबैभन्दा धेरै बढेको छ । विकास बैंक समूह ४.९ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ १.१, होटल तथा पर्यटन २.५३, हाइड्रोपावर १.६२, लगानी १.१३, जीवन बीमा ०.९६, उत्पादन ०.३६, माइक्रोफाइनान्स १.४१, निर्जीवन बीमा २.३९, अन्य ०.३०, ब्यापार ०.७५ प्रतिशत बढे । फाइनान्स समूह भने १.१८ प्रतिशत घट्यो ।

धेरै मूल्य बढ्ने कम्पनीमा पनि विकास बैंकहरु अगाडि देखिएका छन् ।

प्रकाशित मिति : १८ बैशाख २०८१, मंगलबार  ५ : १२ बजे