काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मुल्यमा भारी गिरावट भएको छ । आज एकैदिन सुनको मूल्य दुई हजार ७०० रुपैयाँ घटेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ३४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, तेजाबी सुन प्रतितोला एक लाख ३३ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य २० रुपैयाँ घटेर कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।