२९ भदौ २०८३, सोमबार | Tue Sep 15 2026

आफ्नी सांसद बस्नेत जोडिएको सहकारी प्रकरण छानबिन गर्न राप्रपाको बिज्ञेप्ती !



काठमाडौँ । राप्रपाले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी प्रकरणको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।

पार्टीको विज्ञप्तिमा बस्नेतमाथि सरकारको जिम्मेवार निकायबाट निष्पक्ष छानबिनको माग गर्ने निर्णय भएको उल्लेख छ।

राप्रपा सांसद बस्नेतको कम्पनीबाट सहकारीको रकम अपचलन भएको खबर सञ्चारमाध्यममा सार्वजनिक भएको भन्दै राप्रपाले सो छानबिनमा सहयोग गर्न सांसद बस्नेतलाई पनि निर्देशन दिएको छ। प्रहरीले पक्राउ पुर्जी जारी गरेको २४ घण्टाा बितेपनि पक्राउ गर्न सकेको छैन । हाल उनी फरार रहेकी छन् ।

नवलपुर कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी लगायत संस्थाको रकम अपचलन आरोपमा बस्नेतसहित १४ जनाविरूद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको थियो। बस्नेत राप्रपाकी सांसद हुन् ।
यस्तो छ राप्रपाको बिज्ञेप्ती

प्रकाशित मिति : २१ बैशाख २०८१, शुक्रबार  १ : ०९ बजे