४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाइएको बैठक स्थगित



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत नपाउने भएपछि प्रदेश सभाको बैठक अनिश्चितकालिन रुपमा स्थगित भएको छ।

सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि दोस्रोपटक शनिबार बोलाइएको बैठक पनि स्थगित भएको हो ।

सभामुख भीमबहादुर भण्डारीले प्राविधिक कारण आजको प्रदेश सभाको बैठक बस्न नसक्ने भन्दै प्रदेश सभाको बैठक स्थगित गरेको जानकारी दिए। एमाले विश्वासको मतको लागि हतारोमा बैठक आह्वान गरेको भन्दै तत्काल मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिने अडानमा बसेको छ।

प्रकाशित मिति : २२ बैशाख २०८१, शनिबार  ३ : ४१ बजे