२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

कांग्रेस सहकारी अवचलनमा गृहमन्त्रीको संलग्नतामाथि छानबिन हुनुपर्ने अडानमा



कञ्चनपुर । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान यथावत रहेको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आज महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक लेखकले सहकारी अपचलनमा गृहमन्त्रीको छानबिन हुनुपर्ने अडानमा कांग्रेस रहेको बताए ।
“सहकारीको रकम अवचलन भएको लगायतको विषय छानबिन गर्ने निकायको जिम्मेवारीमा रहेका पनि आरोपित छन्”, उनले भने, “हामीले राजीनामा होइन, छानबिनको माग गरेका हौँ ।”

आगामी वैशाख २८ गते संसद् बैठक हुनुअघि उक्त विषय सम्बोधन हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  १ : ०७ बजे