४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

कोशी प्रदेशको बजेट अधिवेशन बोलाउन सिफारिस



विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनको तयारी भईरहेको बेला केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारले आगामी जेठ ११ गते कोशी प्रदेश सभाको बजेट अधिवेशन आव्हानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको छ ।

बुधवार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले ०८१ जेठ ११ गते प्रदेश सभाको बजेट अधिवेशनका लागि सिफारिश गरेको हो ।

प्रदेश सरकारका मन्त्रीहरुले प्रदेश प्रमुख परशुराम खापुङलाई अधिवेशन आव्हानका लागि पत्र हस्तान्तरण गरे । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता शमशेर र्राईले गत चैत्र २६ गते पनि अधिवेशनका लागि सिफारिश गरिएकोमा पुनः बजेट अधिवेशनका लागि सिफारिश गरिएको बताए।

कोशी प्रदेशमा नयाँ सरकारको गठनका लागि प्रयास भईरहेको बेला केदार कार्की नेतृत्वको सरकारले बजेट अधिवेशन सिफारिश गरेको हो ।

प्रदेश सभाको गत बैशाख ७ गते बसेको प्रदेश सभा बैठकले संकल्प प्रस्ताव पारित गर्दै बैशाख २५ गते सम्म मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन तथा विश्वासको मत नलिए नयाँ सरकारका लागि आव्हान गर्न प्रदेश प्रमुखको कार्यालयलाई निर्देशन दिन आग्रह गरेको थियो ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ९ : १२ बजे