काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा जारी कांग्रेस संसदीय दलको बैठकमा आज बाट शुरु हुने संसद बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा छलफल भइरहेको छ ।
बैठकले संसद् बैठकमा पार्टीले खेल्ने भूमिकासहितका विषयमा निर्णय गर्ने बताइएको छ । कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग राखेर संसद् अवरुद्ध गर्दै आएको छ । तर सत्तापक्ष भने संसदीय समिति छानबिन आवश्यक नभएको अडान राख्दै आएको छ ।
आज दिउँसो २ बजेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएको छ ।





