१७ माघ २०८२, शनिबार | Sun Feb 1 2026

सुन एकैदिन तोलामा २३ सयले बढ्यो



काठमाडौं । साताको अन्तिम दिन सुनको मुल्य ह्वात्तै बढेको छ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेर कारोबार भएको हो ।

यस दिन छापावाल सुन प्रतितोला एक लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ११ : १४ बजे