३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

संसदीय छानबिन समिति कांग्रेसको बटमलाइन



काठमाडौँ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई दलको नेताको रुपमा संसदमा बोल्न दिने बताएको छ । संसद अधिवेशन सुरू हुँदा शीर्ष नेताहरूले सम्बोधन गर्ने अभ्यास भएकोले रास्वपा सभापति लामिछानेलाई पनि बोल्न दिने पक्षमा कांग्रेस देखिएको हो। आज बिहान बसेको संसदीय दलको बैठकमा दलको नेताको रुपमा बोल्न दिने संकेत गरेको हो । यस अघिको अधिवेशनमा कांग्रेसले गृहमन्त्री लामिछानेलाई रोस्टम प्रयोगमा अवरोध सिर्जना गरेको थियो।

नेपाली कांग्रेसले सहकारी अपचलनमा गहृमन्त्रीमाथि छानबिनको लागि संसदीय समिति बन्नुपर्ने अडान भने यथावत राखेको छ । संसदीय समिति नबनेसम्म संसद अवरोध गर्ने कांग्रेसले बताएको छ ।

यसैबीच कांग्रेसले सांसदहरूलाई गृहमन्त्री रवि लामिछाने जोडिएको सुप्रिम सहकारीको अभियोग पत्र अध्ययन गरी बोल्न आफ्ना सांसदहरूलाई निर्देशन समेत दिएको छ । दलको बैठकमानै गृहमन्त्री रवि लामिछाने जोडिएको बुटवलस्थित सुप्रिम सहकारीको अभियोग पत्र बाँडिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  १२ : २८ बजे