काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी प्रकरणमा आफ्नो संलग्नता भएको प्रमाण देखिए राजनीति त्याग्ने दाबी गरेका छन् । शुक्रबार साझ सामाजिक संजालमा लेख्दै उनले सहकारीबाट निवेदन दिएर ऋण लिएको प्रमाणित भए आफुले राजनीति त्याग्ने बताए । उनले लेखेका छन्, मैले कुनै ऋण माग्नका लागि निवेदन दिएको प्रमाण छ भन्नुभएको छ नि, गृहमन्त्री लामिछानेले भने, ुयदि त्यो प्रमाण भए म राजनीति छोडिदिन्छु, यदि त्यो प्रमाणित गर्न सक्नुभएन भने उहाँले राजनीति छोड्नुपर्ने हुन्छ।’
यस्तै, संसदीय समिति बनाउन कुनै ठूलो कुरा नभएको तर त्यसको लागि प्रमाण दिनुपर्ने उनको भनाइ थियो। संसदीय समिति बनाउनुपूर्व सदनमा आफ्नो कुरा राख्न पाउनुपर्ने गृहमन्त्री लामिछानेको भनाइ थियो।
संसदीय समिति पनि बनाउने, उहाँले त्यसमा सूर्यदर्शन सहकारीबाट ऋण लिएको प्रमाणित गरिदिनुपर्यो, उनले भने, नेपाली जनताको अदालतमा उभिऔं र दुई जनाकै राजनीति दाउमा लगाऔं ।
कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेकोरलिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार होरु किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको रु डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्नेरुरु दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्नेरुरु घेराउ गर्नेरु अझ डारायो भन्नेरु यहि हो कांग्रेसको लोकलन्त्र ?
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।