२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र



जनकपुरधाम । नेकपा (माओवादी केन्द्र) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । आइतबार माओवादी केन्द्रबाट मन्त्री बनेका भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका हुन्
साह वन तथा वातावरणमन्त्री र भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल विभाजन भएसँगै त्यसको असर प्रदेश सरकारमा पर्न सुरु भएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ५ : ०६ बजे