१० श्रावण २०८३, आइतबार | Sun Jul 26 2026

प्रचण्ड सरकारलाई दिएको समर्थन उपेन्द्र यादब नेतृत्वको जसपा लियो फिर्ता



काठमाडौँ । उपेन्द्र यादब नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार बसेको जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

यसअघि सोमबारै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका थिए । राजीनामा पछि जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  १ : ३६ बजे