९ पुस २०८१, मंगलबार | Wed Dec 25 2024

प्रधानमन्त्रीको आग्रहमा कांग्रेस सकारात्मक, नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने



काठमाडौँ । नेपाली कांग्रेसले संसदमा नीति तथा कार्यक्रममा प्रस्तुत गर्न दिने भएको छ । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै प्रतिनिधि सभा अवरोध गर्दै आएको कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने भएको हो । सिंहदरबारमा जारी कांग्रेस संसदीय दल कार्यसमिति बैठकले राष्ट्रपतिलाई सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने निर्णय गरेको हो ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्रीले कांग्रेसका नेतालाई भेट गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिन आग्रह गरेका थिए । प्रधानमन्त्रालाई भेट्न कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र महामन्त्री गगन थापा सहभागी थिए ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ११ : ४२ बजे