९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

मेयर निर्वाचित भएको २ वर्षपछि व्यासको मतगणना बदर, पुनः मतगणना हुने



दमौली। तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । व्यास नगरपालिकाका प्रमुखका उम्मेदवार दीपकराज जोशीले दायर गर्नुभएको रिटमा मङ्गलबार अन्तिम सुनुवाइ गर्दै अदालतले निवेदकको दाबी पुग्ने फैसला गरेको हो ।

उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले रिट निवेदक जोशीको पक्षमा फैसला सुनाएको उच्च अदालतका सूचना अधिकारी विश्वनाथ अर्यालले जानकारी दिए । मतगणनामा धाँधली भएको भन्दै जोशीले वि।सं।२०७९ जेठ १२ गते निर्वाचन आयोगसमेत पाँच जनालाई विपक्षी बनाई रिट दर्ता गरेका थिए थियो ।

जोशीका पक्षमा पाँच जना अधिवक्ताले बहस गरेका थिए । स्थानीय तहको निर्वाचनअन्तर्गत व्यास नगरपालिकाको प्रमुख वैकुण्ठ न्यौपाने १२ हजार ७८ मत प्राप्त गरी विजयी भएका थिए । प्रतिस्पर्धी उम्मेदवार जोशीले ११ हजार आठ सय २६ मत प्राप्त गर्नुभएको थियो । रासस

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  २ : ५५ बजे