४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

सुदूरपश्चिममा एमाले सरकारमा नजाने, विश्वासको मत भने दिने निर्णय



धनगढी । नेकपा ९एमाले० को सुदूरपश्चिम प्रदेशको संसदीय दलले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई विश्वासको मत दिने तर सरकारमा नजाने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सो निर्णय गरेको हो।

एमालेले नीति तथा कार्यक्रम तयार गर्नका लागि भने साझेदार दलसँग छलफल गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री सोडारीले यसअघि वैशाख २१ र २२ गते समेत विश्वासको मत लिन खोएका थिए। तर एमालेले निर्णय नगर्दा विश्वासको मत लिने कार्यक्रम स्थगित भएको थियो।

नेकपा (एकीकृत समाजवादी) का दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री सोडारीले बिहीबार १० स् १५ बजे विश्वासको लिने कार्यक्रम छ।

सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको एक महिना पुग्न लागेको बेला विश्वासको मत लिन थाल्नुभएको हो।

५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत पाउन २७ जनाको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री सोडारीलाई एमालेका ११ र नेकपा ९माओवादी केन्द्र० का १० गरेर २२ जना, एकीकृत समाजवादीका चार, नागरिक उन्मुक्तिका दुई र स्वतन्त्र एक जना गरेर २८ जना प्रदेश सभा सदस्यको समर्थन छ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ३ : २० बजे