काठमाडौँ । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ । शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेविसंघले सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नताबारे संसदीय छानबिन समिति गठन गर्न माग गर्दै प्रदर्शन गरेको हो ।
उनीहरूले ‘सहकारी ठगलाई कारबाही गर, गोर्खा मिडियाका फरार अध्यक्ष जीबी राई खै रु’ प्रदर्शन गरेको छ । यस अघि कांग्रेस निकट महिला संघ र तरुण दलले पनि गृहमन्त्री बिरुद्ध प्रर्दशन गरिसकेको छ ।