काठमाडौं । राष्ट्रियसभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्नेछ ।
आजको सम्भाबित कार्यसुसचमा राष्ट्रियसभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने, विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्नेछन् ।
राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवादको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सभासमक्ष पेस गर्नेछन् । सहकारीको अपचलनमा गहृमन्त्रीको छानबिनको लागि संसदीय समिति माग गर्दै प्रतिनिधि सभा जस्तै राराष्ट्रियसभा पनि लगातार अवरुद्ध हुँदै आएको छ ।