२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

कांग्रेस बैठक जारी, रणनीति बनाउन देउवाले बोलाए विपक्षी दलहरुको बैठक



काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दल बैठक जारी छ ।संघीय संसद नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सोमबार बिहान १० बजेदेखि सुरू भएको बैठकमा आज बस्ने प्रतिनिधि सभामा बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा बैठक बसिरहेको हो ।

यसअघि संसदीय दल नेता शेरबहादुर देउवाको कार्यकक्षमा संसदीय दल कार्यसमिति बैठक बसेको थियो।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको बचत ठगी, अपचलन, दुरूपयोग र हिनामिनामा संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ।

प्रधानमन्त्री र सत्ता पक्षका नेताहरू संसदीय समिति बनाउन तयार देखिए पनि यसको कार्यक्षेत्रलाई लिएर सत्ता पक्ष र कांग्रेसबीच सहमति हुन सकेको छैन। यता पार्टी सभापति शेरबहादुर देउवाले साझा रणनीति बनाउन विपक्षी दलहरुको बैठक डाकेका छन् ।७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलहरुको बैठक आह्वान गरेका छन् । देउवाले संसद भवनस्थित आफ्नै कार्यकक्षमा ११ बजे बैठक डाकेका हुन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : १३ बजे