२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ।

आज बसको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

‘जेठ ७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ज्यूले प्रतिनिधि सभा समक्ष विश्वासको मत लिने कार्यक्रम रहेको र हाम्रो पार्टी वर्तमान सरकार साझेदारीको एक प्रमुख पार्टी भएकाले सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरू उक्त प्रतिनिधि सभा बैठकमा अनिवार्य उपस्थित हुने र प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय गरियो । यस प्रयोजनका लागि विश्वासको मतको पक्षमा मतदान गर्न सम्पूर्ण प्रतिनिधि सभा सदस्यहरूलाई ह्विप जारी गर्ने निर्णय समेत गरियो,’ पार्टी संसदीय दलको निर्णयमा भनिएको छ।

प्रतिनिधि सभाको आज बस्ने बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत सम्भावित कार्यसूचि तय गरिएको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ११ : २२ बजे