काठमाडौं । नेकपा (एकीकृत समाजवादीकी )सचिव रामकुमारी झाँक्रीले गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका महामन्त्री गगन थापामाथि लगाइएको आरोपमा प्रतिक्रिया जनाएकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेले महामन्त्री थापामाथि विभिन्न आरोप लगाएपछि झाँक्रीले आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्ने बताएकी हुन् । उनले सामाजिक सञ्जालमा फेसबुकमा लेखिन् “गगन थापा यो आन्दोलनको नेता हो । युवाहरूको राजनीतिक आइकन हो । आफ्नो सामर्थ्यले यो तहको नेता बनेको हो,” गगन थापामाथि लगाएको आरोपको प्रमाणको भार स्वयं आरोप लगाउनेले पूरा गर्नुपर्छ, हेक्का रहोस ”
आइतबारको संसद् बैठकमा लामिछानेले थापामाथि विदेशीललाई सूचना बेचेकोदेखि कृषि अनुदानको रकम हिनामिना गरेकोसहितका आरोप लगाएका थिए । आइतबार साझ पत्रकार सम्मेलन गरेर थापाले आफुमाथि लागेका आरोप प्रमाणित गरि छानबिन गर्न चुनौती समेत दिएका थिए ।