चितवन । माइक्रोबस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको बा३ख ६६१० नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आइरहेकोे बा४ख ६४१७ नम्बरको टिपर एकापसमा ठोक्किएका इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४, कुरिनटारमा मंगलबार (आज) बिहान ती दुई सवारीसाधन एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना घाइते भएका हुन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
घाइतेमध्ये १२ लाई उपचारका निम्ति नयाँ मेडिकल कलेज भरतपुर र एकजनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
‘ओभरटेक’ गर्ने क्रममा माइक्रोबस टिपरसँग ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि केही बेर अवरुद्ध भएको राजमार्गमा पुनः सवारीसाधन आवागमन नियमित सञ्चालनमा छ ।