२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी, पुर्वाग्रहको आशंका



काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको बताए।

सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ।

अहिले पक्राउ पुर्जी जारी हुनुमा गृहको हात रहेको दाबी गरिएको छ । आज प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद बद्रि पाण्डेले यो बिषयलाई उठान गरेका छन् । उनले भने, “भखरै कान्तिुरको अध्यक्ष कैलास सिरोहिमाथि पक्राउ पर्जी जारी भएको समाचार सुने । कानुनी दायरमा राखेर हरेक कानुनी दायरमा ल्याउनुपर्छ तर आग्रह र पुर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन ,कसैलाई पनि सहदैन, त्यो पनि दोहोर्‍याउन चाहान्छु ।”

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ३ : ११ बजे