२८ पुस २०८१, आइतबार | Sun Jan 12 2025

चितवनमा बाथरुममा लडेर एक वृद्धको मृत्यु



काठमाडौं । चितवनमा बाथरुममा लडेर एकजनाको मृत्यु भएको छ । पर्वत फलेबासका ८६ वर्षका शसिधर पाध्यको भरतपुरस्थित छोरीको घरमा बाथरुममा नुहाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ९ : ०८ बजे