३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

कांग्रेसकोे बिरोध सदनबाट सडकतिर, गृहमन्त्रीमाथि छानबिनको माग गर्दै प्रदर्शन गर्ने



काठमाडौँ । नेपाली कांग्रेसले सहकारीपीडितको मुद्दा सडकमार्फत थप पेचिलो बनाउने भएको छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र पार्टीको संसदीय दलको संयुक्त बैठकले सडक मार्फत थप पेचिलो बनाउने निर्णय गरेको हो । सहकारी ठगीको आरोप लागेका गृहमन्त्रीमाथि संसदीय छानबिन माग गर्दै सदन अवरुद्ध गरेको नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आन्दोलन गर्ने निर्णय गरेको हो ।

कांग्रेसले आफ्नो निर्णयमा सहकारीका बचतकर्ताको बचत फिर्ता र ठगी संलग्नमाथि कारबाही माग गरेको छ । उसले नेपाली कांग्रेसमाथि सदनमा गृहमन्त्रीले लगाएको गम्भीर आरोपमाथि छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको छ । कांग्रेसले सहकारी अपचलनमा गहृमन्त्री रवि लामिछानेको छानबिनको लागि संसदीय समितिको माग राखि लगातार सदन अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ५६ बजे