२६ पुस २०८१, शुक्रबार | Fri Jan 10 2025

कोसी सरकारको विवाद : केदार कार्कीको नियुक्ति सहितका कागजात झिकाउने आदेश



काठमाडौै । कोसी सरकारको विवादमा सर्वोच्च अदालतले मुख्यमन्त्रीमा केदार कार्कीको नियुक्ति हुँदादेखिकै कागजात झिकाउने आदेश गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना र बालकृष्ण ढकालको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।

संविधानको धारा १६८९५० अन्तर्गत मुख्यमन्त्री बनेका केदार कार्की कायम रहेकै बेला प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसविरुद्ध केदार कार्कीले वैशाख २७ गते रिट दायर गरेका थिए । उनको रिटमा सर्वोच्चका न्यायाधीश हरि फुयालको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरेको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ३ : २० बजे