९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

सर्वोच्चको मुद्दा किनारा नलागेसम्म गण्डकीमा कांग्रेस प्रदेश सभामा उपस्थित नहुने



पोखरा । गण्डकी प्रदेश सभा सम्बन्धी मुद्दाको अन्तिम किनारा नलागेसम्म गण्डकीमा कांग्रेस प्रदेश सभा बैठकमा सहभागी नहुने भएको छ । सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको अन्तिम किनारा नलागेसम्म गण्डकीमा कांग्रेस प्रदेश सभा बैठकमा सहभागी नहुने बताएको हो ।

आज प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ,“उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म प्रदेश सभा बैठक र सरकारले गर्ने कुनै पनि कार्यमा नेपाली कांग्रेसको सहभागिता नरहने व्यहोरा जानकारी गराउँदै जेठ ११ गते दिउँसो ३ बजेका लागि आह्वान गरिएको प्रदेश सभा बैठकमा सहभागी नहुने नेपाली कांग्रेस संसदीय दलको निर्णय जानकारी गराइन्छ ।” उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  १ : ४६ बजे