२ असार २०८३, मंगलबार | Wed Jun 17 2026

संसदीय छानविन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षबिहिन



काठमाडौँ । सहकारी ठगी प्रकरणमा छानविन गर्न बन्ने संसदीय समितिको कार्यादेशमा दलहरुबीच सहमति बन्न सकेन ।

आज बसेको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहिन भएको हो ।

संसदीय छानविन समितिको कार्यादेशमा रकम अपचलन गरेका सहकारीका नाम र ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान नेपाली काँग्रेसले राखेपछि सत्तापक्षका सदस्यहरुले त्यसलाई स्वीकार गरेनन।

सत्ता पक्षका सांसदहरुले सहकारीको नाम उल्लेख गर्न सकिने तर गृहमन्त्रीको नाम भने उल्लेख गर्न नहुने तर्क राखेका थिए ।

काँग्रेसका तर्फबाट कार्यदलका सदस्य जीवन परियारले ठगीको आरोपमा नाम आएपछि गृहमन्त्री लामिछानेको नाम नराखी छानविन अघि बढ्न नसक्ने अडान राखेपछि बैठक विना निष्कर्ष टुंगिएको हो ।

कार्यदलको अर्को बैठक भोलि शुक्रबार विहान बस्ने सहमति भने भएको छ ।।

प्रकाशित मिति : १० जेष्ठ २०८१, बिहिबार  ९ : २१ बजे