४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

संसद्को गतिरोधबारे राष्ट्रपतिको चासो, प्रधानमन्त्री दाहाल र राष्ट्रपतिबीच भेटबार्ता



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रवार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् ।
उक्त भेटमा राष्ट्रपति पौडेलले जारी संसद्को गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको सचिवालयले जनाएको छ। भेटका क्रममा प्रधानमन्त्री दाहालले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताए ।

प्रकाशित मिति : ११ जेष्ठ २०८१, शुक्रबार  ११ : ०७ बजे