काठमाडौं । सोमबारदखि लगातार घटेको सुनको मुल्यमा आज पनि गिरावट आएको छ । पछिल्लो पाँच दिनमा छापावाल सुनको मूल्य तोलामा चार हजार ९०० रुपैयाँले घटेको हो। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबारको तुलनामा यस दिन छापावाल सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले घटेको हो । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार ८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको थियो ।