पोखरा । गण्डकी प्रदेशसभा बैठकमा राप्रपा पनि उपस्थित नहुने भएको छ । ारप्रपाका संसदीय दलका नेता पञ्चराम गुरुङले संसद्मा उपस्थित हुन नसकिने बताए ।
‘पार्टीको केन्द्रीय समिति बैठक छ । हामी जाँदैनौँ,’ उनले भने । कांग्रेसले बैठक बहिष्कार गर्ने निर्णय सार्वजनिक गरिसकेको छ ।
मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते विश्वासको मत लिँदा बहुमत प्राप्त नगरेका भन्दै कांग्रेस सर्वोच्च पुगेको छ । सर्वोच्चमा विचाराधीन मुद्दा टुङ्गो नलाग्दासम्म संसद्मा उपस्थित नहुने निर्णय गरिसकेको छ ।
बैठक आज ३ बजेका लागि डाकिएको छ । बैठकमा बजेटका सिद्धान्त र प्राथमिकता पेश हुनेछ ।