काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास बूढानिलकण्ठ पुगेका छन् । उनीहरूबीच सहकारीको रकम अपचलनको छानबिनका लागि गठन गर्ने कार्यदलको कार्यादेशसहित सदनको गतिरोध अन्त्यका विषयमा छलफल भइरहेको छ ।
सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै कांग्रेसले सदन अवरुद्ध गर्दै आएको छ । त्यसैगरी आजदेखी नेपाली कांग्रेसले सो बिषयमा सडक प्रदर्शन गर्ने तयारी गरेको छ । आइतबार बोलाइएको संसद् बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । सहकारी अपचलन र गृहमन्त्रीको छानबिनको बिषय लगातार उठाएर संसद अवरोध गरेको कांग्रेसले आफ्नो माग पुरा नभए निरन्तर सदन चल्न नदिने अडान लिएको छ । ११ बजे संसदको बैठक डाकिएको । सो यसअघि नै सदनको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री प्रचण्ड देउवा निवास पुगेका हुन् ।