काठमाडौँ । नेपाली कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक १ बजे बस्दैछ ।सभापति देउवाको निवास बूढानीलकण्ठमा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
सहमहामन्त्री जीवन परियारले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने जानकारी दिए।
सहकारी बचत ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन गर्न सदन र सडकबाट माग गर्दै आएको छ। सत्तापक्ष छानबिन समिति बनाउन तयारी देखिएपनि टिओआरका बिषयमा सहमती जुटेको छैन । सोही कारण संसदको अवरोध समेत जारी राखिएको छ ।
सोमबार बिहान पनि बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु सहित सत्ता र प्रतिपक्षी दलका नेताहरूबीच भएको छलफल निष्कर्षबिहिन भएको छ ।