१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

ग्लोबल आईएमई बैंकको छुट योजना, दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट



काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले अनलाइनमार्फत दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

ग्लोबल आईएमई बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बैंकले जनाएको छ । यो योजना १३ जेठदेखि ३ महिनासम्म लागु हुनेछ बैंकले जनाएको छ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरुले १० प्रतिशत वा ५ सय रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरुले १५ प्रतिशत वा ७ सय ५० रुपैयाँसम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८१, सोमबार  १ : ५८ बजे