१ श्रावण २०८३, शुक्रबार | Fri Jul 17 2026

गृहमन्त्रीतको आदेश बिवादित,कारवाहीमा परेका चालकलाई सडकमा श्रम गराउने निर्णयविरुद्ध सर्वोच्चमा रिट



काठमाडौँ ट्राफिक कारबाहीमा परेका सवारी चालकलाई सडकमा उभ्याउने कार्य कानुन विरपरि भएको भन्दै सर्वोच्च अदालतमा रिट भएको छ ।

कृष्ण विक, आकाशकुमार भट्ट, रवीन्द्र पौडेल, प्रमेस पौडेल, उज्ज्वल माली, इमामुल हक, राजु परियार लगायतले गृहमन्त्रालय र ट्राफिक प्रहरीलाई विपक्षी बनाउँदे ट्राफिक कारवाहीमा परेका सवारी चालकलाई सडकमा श्रम गराउने ब्यवस्था खारेजीको माग गर्दै रिट दर्ता गराएका हुन् ।​

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  ५ : ४४ बजे