१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

गिरिबन्धु र टेरामक्स प्रकरणको फाइल पनि खोल्छौँ : मनिष झा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गिरिबन्धु टी इस्टेटलगायत सार्वजनिक भएका अनियमितता तथा भ्रष्टाचारका फाइल खोल्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकमा पार्टीका तर्फबाट बोल्दै रास्वपा सांसद मनिष झाले बालमन्दिरको जग्गा दुरुपयोग, बाँसबारीको जग्गा र टीकापुर जग्गाप्रकरण लगायतका अनियमितताका फाइल पनि खोल्ने दाबी गरेका छन् ।

‘ उनले भने, बालमन्दिरको जग्गा, बाँसबारी जग्गा, टीकापुरको जग्गा, भुटानी शरणार्थी, गिरिबन्धु र टेरामक्स यो सबैको फाइल हामी खोल्न चाहन्छौं’ । विगतमा यी विषयमा किन फाइल खोलिएन भनेर खोजी गर्दा फाइल नै नबनेको पाइएको उनले दाबी गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८१, आइतबार  १ : ४४ बजे