१० पुस २०८१, बुधबार | Wed Dec 25 2024

गोदावरी नगरपालिकाका तत्कालिन मेयर गजेन्द्र महर्जन सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका तत्कालीन मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृत सहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले राजस्व चुहावट गरी सरकारी हानी नोक्सानी पुर्‍याएको अभियोगमा गोदावरी नगरपालिकाका तत्कालीन मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी र तत्कालीन प्रशासकीय अधिकृत प्रविन कोइराला सहित १४ जनाविरुद्ध विशेष अदालतमा काठमाडौँमा आज मुद्दा दायर गरेको हो ।

नगरपालिकामा क्रसर, खानी तथा नदीजन्य पदार्थ ९ढुङ्गा, गिट्टी, बालुवा, वेस, चिप्स० आदिमा सरकारी दररेट भन्दा कम मात्र कर जम्मा गरी वार्षिक करोडौं राजस्व हिनामिना गरेको आरोप उनिहरुमाथि लगाइएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८१, सोमबार  ५ : १२ बजे