काठमाडौं । सत्तारूढ दल नेकपा ९एमाले०का सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेमाथि महाअभियोग लगाउँछु भनेर धम्की दिएको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले विगतमा महाअभियोगको दुरूपयोग गर्ने काम कांग्रेसबाट भएको चर्चा गरे । “महाअभियोगको चर्चा सुन्यौँ, लगाउन पाइन्छ संविधानले अधिकार दिएको छ,” उनले प्रश्न गरे, “तर, विगतमा महाअभियोगको दुरुपयोग कसरी भएको छ रु बहालवाला प्रधानन्यायाधीश सुशिला कार्कीमाथिका महाअभियोग के हो रु चोलेन्द्र शमशेरमाथि महाअभियोग किन आयो रु”
उनले एमाले पार्टीसँग पनि संख्या भएको भन्दै एमालेले त्यसको दुरूपयोग नगर्ने बताए । “यस्ता खाले धम्कीले एमाले डराउँदैन,” उनले भने । गत साता कांग्रेसले संसद अबरोध हुँदा सभामुखले निश्पक्ष भुमिका नदेखाएको भन्दै आलोचना गरेको थियो । सभामुख सत्तापक्षको निर्देशनमा चलेको, अवरोधको बीच संसदको कार्यसूचिलाई अगाडी बढाएको भन्दै कांग्रेसले सभामुखको भुमिका माथि प्रश्न उठाएको थियो ।