४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

जसपा महाधिवेशनको लागि पदाधिकारी र सदस्यको उम्मेदवारका लागि मापदण्ड तय



काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मेदवार बन्न योग्यताको व्यवस्था गरेको छ ।

जेठ २८ गतेदेखि जनकपुरमा हुन लागेको महाधिवेशनमा पदाधिकारी तथा सदस्य पदको उम्मेदवार हुन पार्टी विधानको धारा २५ मा न्यूनतम योग्यता निर्धारण गरिएको जसपाले जनाएको छ ।
केन्द्रीय समितिको पदाधिकारीका लागि उम्मेदवार हुन केन्द्रीय समितिको सदस्य वा प्रदेशरराष्ट्रिय समितिको अध्यक्ष भई कम्तीमा पाँच वर्ष काम गरेको हुनुपर्ने छ । यसैगरी केन्द्रीय समितिको सदस्यको उम्मेदवार बन्न सङ्गठित पार्टी सदस्य भई कम्तीमा १० वर्ष पार्टी सदस्य भएर केन्द्रीय समिति वा केन्द्रीय निकाय वा प्रदेश(राष्ट्रिय समितिको सदस्य वा केन्द्रीय विभागको सदस्य वा जिल्ला समितिको पदाधिकारी वा जनवर्गीय सङ्गठनको केन्द्रीय पदाधिकारी भई एक कार्यकाल वा लगातार पाँच वर्षसम्म काम गरेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

प्रमुख बस्नेतका अनुसार महिला, दलित, श्रमिक, मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम र अपाङ्गता भएका व्यक्तिको हकमा भने लगातार पाँच वर्ष वा एक कार्यकाल जिल्ला समिति वा प्रदेश राष्ट्रिय समिति वा जनवर्गीय सङ्गठनका केन्द्रीय समितिका पदाधिकारी भई काम गरेको भए पुग्ने छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८१, शनिबार  १ : ०७ बजे