२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

सुदूरपश्चिम सरकारले आज पूर्णता पाउने



कैलाली । सत्ता गठबन्धनका दलहरु सुदूरपश्चिम प्रदेश सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । यसका लागि दलहरुबिच आइतबार साँझ नै मन्त्रालय भागवण्डामा सहमति जुटेको बताइएको छ ।

सहमतिअनुसार सत्ता साझेदार ठुला पार्टी नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र०ले सरकारमा सहभागी हुने मन्त्रीको नाम बुझाउने तयारी गरेसँगै मुख्यमन्त्री सोडारीले सरकारलाई पूर्णता दिन थालेको एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका उपनेता प्रकाश रावलले जमनकारी दिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतबाट फर्केलगत्तै सोमबार अन्तिम टुङ्गो लाग्ने र आज नै मन्त्रीलाई सपथ खुवााउने तयारी थालिएको उनको भनाइ छ । उनकाअनुसार एमाले र माओवादी केन्द्रबाट मन्त्री हुनेको नाम पनि लगभग टुङ्गो लागिसकेको छ ।

एमाले र माओवादी केन्द्रले सरकारमा सहभागि हुने मन्त्रीको नाम मुख्यमन्त्रीलाई बुझाउने र यसबाहेक स्वतन्त्र सांसद डा। तारा जोशीलाई पनि मन्त्री बनाउने मुख्यमन्त्रीको तयारी छ । माओवादी केन्द्रका एक नेताका अनुसार एमालेले अर्थ मन्त्रालयसहित तीन मन्त्रालय पाउने सहमति भएको छ भने माओवादीले पनि सामाजिक मन्त्रालयसहित तीन मन्त्री पाउने सहमति भएको छ । हाल नागरिक उन्मुक्तिका दुईजना सरकारमा मन्त्री छन् ।

उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय विभाजन गरेर मन्त्रीको भागवण्डा लगाइनेछ । अहिले सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित सात मन्त्रालय छन् ।

दलभित्र मन्त्रीका आकाङ्क्षी बढी देखिएपछि उहाँहरुलाई व्यवस्थापन गर्न मन्त्रालय फुटाउन लागिएको हो । नयाँ सहमति अनुसार एमाले–माओवादीले समान तीन–तीन मन्त्रालय पाउँदा नागरिक उन्मुक्तिले दुई र एकजना स्वतन्त्र सांसदले एक मन्त्री पाउने छन् ।

मुख्यमन्त्रीमा दीर्घबहादुर सोडारी नियुक्त भएको डेढ महिना पुग्नैलाग्दा बल्ला आज सरकारले पूर्णता पाउन लागेको हो ।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार  २ : ०० बजे