१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

गण्डकीमा मन्त्रीपरिषद् बिस्तार, छैटौँ पटक मन्त्री बने दिपक मनाङे



लेखनाथ । । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेको सिफारिसमा सांसद राजीव गुरुङ भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था र सांसद फणीन्द्र देवकोटा ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री बनेका हुन् ।

दुवैलाई मङ्गलबार प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । यो सगैँ गुरुङ छैटौँ पटक मन्त्री बनेका छन् भने देवकोटा पहिलो पटक मन्त्री बनेका छन्। मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी गुरुङ गण्डकीका सबैजसो सरकारका मन्त्री बनीसकेका छन् ।

देवकोटा गोरखा क्षेत्र नम्बर २ ९१० बाट निर्वाचित सांसद हुन् । नेकपा माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचित नेपाल समाजवादी पार्टीका नेता देवकोटालाई माओवादी केन्द्रले कारबाहीअघि बढाएको छ ।

सोमबार माओवादी केन्द्र संसदीय दलको ह्विप उल्लङ्घन गरी देवकोटाले पाण्डे सरकारलाई मत दिए । ६० सदस्यीय गण्डकी प्रदेश सभामा विपक्षी नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाएका थिए ।

सर्वोच्च अदालतको परमादेशबाट जेठ १६ गते सदनको सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डे नेतृत्वले अझै दुई मन्त्रालय आफैँसँग राखेका छन् विश्वासको मत दिएको राप्रपा सरकारमा आएपछि मन्त्रिमण्डल पूर्ण हुने कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले बताए ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलबार  १ : २८ बजे