८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

वर्षाले खाँदबारी–नुम सडकमा क्षति



संखुवासभा । कोसी राजमार्गअन्तर्गत संखुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुंगा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति गरेको छ ।

यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याविन पर्खाल र नाली बगाएको उत्तरदक्षिण कोसी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताए । कोसी राजमार्गअन्तर्गत खाँदबारी किमाथांका खण्डको ठूलो ढु‌गा–पाङ्मा अरुणथानमा सबैभन्दा बढी क्षति भएको छ ।

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताए । वर्षाले पिच गर्न तयार गरिएको सडक बगाउँदा करिब रु एक करोडको क्षति भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार  १० : ५७ बजे