काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वाणिज्य बैंकले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले यो नाफा कमाएका हुन् ।
१० महिनाको अवधिका सर्वाधिक नाफा नबिल बैंकले कमाएको छ । नबिलले पाँच अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । त्यस्तै बढी नाफा कमाउने दोस्रोमा ग्लोबल आईएमई बैंक चार अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उक्त अवधिमा तीन अर्ब७७ करोड १० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्राइम कमर्सियल बैंकले तीन अर्ब २२ करोड ५७ लाख र एभरेष्ट बैंकले दुई अर्ब ९८ करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको छ । प्रभु बैंकले दुई अर्ब ५० करोड र एनएमबी बैंकले दुई अर्ब ४८ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकले दुई अर्ब ६६ करोड,माछापुच्छ्रे बैंक १ अर्ब १० करोड रुपैयाँ खुद मुनाफासहित छ ।
त्यस्तैगरी सरकारी स्वामित्वका तीन वटा बैंक मध्ये सबैभन्दा नाफा कमाउनेमा कृषि विकास बैंकअगाडी देखिएको छ । बैंकले यो अवधिमा दुई अर्ब ६९ करोड नाफा कमाएको छ । राष्ट्रिय वाणिज्य बैंकले दुई अर्ब ५६ करोड, १० महिनामा सबैभन्दा कम खुद मुनाफा नेपाल बैंकको छ । बैंकले ५९ करोडमात्र नाफा रहेको राष्ट्र बैंकले जनाएको छ ।