काठमाडौं । बुधबार स्थानीय बजारमा सुनको मूल्य बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधबार तेजाबी सुन प्रतितोला एक लाख ४० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।





