३१ भदौ २०८३, बुधबार | Thu Sep 17 2026

राजेन्द्र लिङदेनले रोष्ट्रममै बजेट पुस्तिका च्याते !



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट चारवटा निर्वाचन क्षेत्रमा मात्र केन्द्रित गरेको भन्दै आक्रोस पोखेका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा खर्च कटौतीको प्रस्तावमा बोल्ने क्रममा अध्यक्ष लिङदेनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विनियोजन गरेको बजेटमा असन्तुष्टि जनाउँदै बजेट पुस्तिकनै च्यातेका हुन् । उनले आफू कम आक्रोश पोख्ने मान्छे भएको बताउँदै मन्त्रालयको पुस्तिका पाएको दिनदेखि आफू तातिएको बताए ।
पुस्तिका च्यातेर फाल्ने मन भए पनि संसदीय मर्यादाविपरीत हुने भएकाले आफूले नफाल्ने बताए । अध्यक्ष लिङदेनले चारवटा निर्वाचन क्षेत्रबाहेकका प्रतिनिधिसभा सदस्यहरू बजेटप्रति असन्तुष्ट रहेको बताए । लाज र घिन नराखीकन राज्यको स्रोतमाथि मनपरी गरिएको बताए ।

‘सामान्यतया म आफूले आफैँलाई हेर्दाखेरी कम आक्रोश पोख्ने, कम रिसाउने मान्छे हो । रिस पनि उठ्छ । कहिलेकाहीँ रिस पनि पोखिन्छ । तर, एकछिन पछि सेलाउने, मन बुझाउने खालको मान्छेको रूपमा मैले आफूलाई ठान्छु,उनले भने, जब यो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पुस्तिका हातमा पर्‍यो । त्यो दिनदेखि म यसरी तातिएको छु कि, यो यसरी च्यातेर (पुस्तक च्यात्दै), यसरी हुर्‍याउने मन छ । (हुर्‍याउन खोज्दै) । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर कहाँ हु¥याउनुपर्ने त्यहाँ नहु¥याएर यहाँ राख्छु मैले ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ०५ बजे