९ पुस २०८१, मंगलबार | Wed Dec 25 2024

अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन विश्वप्रकाशको माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सबै खालका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्नेमा जोड दिएका छन् ।

बैठकको आकस्मिक समयमा सांसदहरुले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारले विशेष पहल गर्नुपर्ने बताए ।

सांसदहरुले संसद्लाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने भन्दै संसद् सचिवालयका कर्मचारीहरूलाई पनि निजामती कर्मचारी सरह नियमानुसार अतिरिक्त भत्ता उपलब्ध गराउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सांसद विश्पप्रकाश शर्माले अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजि सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भने पनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए । सरकारले तिरिदिनुपर्ने एक हजार १४ रुपैयाँ नछुट्याइएको भन्दै उनले यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  २ : ५६ बजे