२५ पुस २०८१, बिहिबार | Thu Jan 9 2025

ज्ञानेन्द्र शाहीको प्रश्न – कर्णाली प्रदेशलाई बजेटमा किन उपेक्षा गरियो ?



काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिए कर्णालीमा क्षेत्रीय दल बन्ने चेतावनी दिएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक शाहीले आर्थिक वर्ष २०८१र०८२ को बजेटमा कर्णाली प्रदेशलाई उपेक्षा गरिएको बताए ।

उनले कर्णाली प्रदेशलाई बजेटमा उपेक्षा गरिएमा कर्णाली प्रदेशमा क्षेत्रीय दल बन्नसक्ने चेतावनी दिए ।

“भौतिक मन्त्री नेपालको हो कि धनुषाको मन्त्री हो रु कर्णालीको गल्ली गल्लीमा जनताले रगत बगाएर आज माओवादीका साथीहरु यहाँ मन्त्री बन्नुभएको हो । तर आज तिनै माओवादीका अध्यक्ष प्रधानमन्त्री भइरहँदा, केपी ओली सत्तापक्ष दलको संसदीय दलको नेता भइरहँदा कर्णालीलाई बजेट उपेक्षित गरिन्छ भने यहाँ कुनै पार्टी रहेन । कुनै दल रहेन । अब यही अवस्था यदी सिर्जित हुन्छ भने कर्णालीमा आफ्नो क्षेत्रीय दल बन्न सक्छ,” उनले भने ।

प्रकाशित मिति : ४ असार २०८१, मंगलबार  ३ : ३७ बजे