काठमाडौँ । काठमाडौं । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कांग्रेस नेता जोडिएका तीनवटा फाइल खोल्न कसले रोक्यो भन्दै गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटअन्तर्गतको गृह र भौतिक पूर्वाधार मन्त्रालय शीर्षकको छलफलमा भाग लिन रोष्ट्रम पुगेका संसाद थानीले तीनवटा फाइल खोल्ने घोषणा के हुँदै छ भन्दै गृहमन्त्रीलाई प्रश्न गरे । गृहमन्त्री रवि लामिछानेको सरकार बाहिर हुँदा केही गर्ने हुटहुटी अहिले पनि रहेको भन्दै थानीले कांग्रेस वा जोसुकैका फाइल खोलेर देखाउन चुनौती दिए ।
“तीनवटा फाइल खोल्यो भने यो देशका अधिकांश नेता जेलमा हुन्छन् । संसद्मा हुँदैनन् भन्नुभयो । तपाईंले भन्नुभयो– मुटु सिंहको जस्तो चाहिन्छ,” थानीले भने, “ती तीनवटा फाइल के हो भन्नुपर्छ । किन ढिला गर्नुभएको छ । सार्वभौम संसद्को सदस्य भएको नाताले मलाई त्यो फाइलबारे थाहा पाउने अधिकार छैन रु”
उनले अरुलाई फिस्टाको मुटु भन्ने गृहमन्त्री किन सुतेको भन्दै प्रश्न गरे । “अरुको फिस्टाको मुटु हो, मेरो सिंहको मुटु छ भन्दै हुनुहुन्थ्यो । तपाईं गृहमन्त्री किन सुत्नुभएको छ रु” प्रश्न गर्दै थानीले भने, “तपाईं कसलाई धम्क्याइरहनुभएको छ रु मलाई लाग्छ, तपाईंले सत्तामा हुनेसँग सल्लाह गर्नुभएको छ । त्यसैले तपाईंले कांग्रेसलाई धम्क्याएको हुनुपर्छ ।”
उनले नेपाली कांग्रेसले गत जेठ ७ गतेको बैठकबाट गरेको निर्णय सुनाउँदै त्यस्ता फाइलमाथि छानबिन थाल्न चुनौती दिए ।





