९ पुस २०८१, मंगलबार | Tue Dec 24 2024

पूर्वराष्ट्रपति बिद्या भण्डारीले पार्टी सदस्यता नबिकरण गराएको बिषय संसदमा



काठमाडौं । पूर्वराष्ट्रपति बिद्या भण्डारीले पार्टी सदस्यता नबिकरण गराएको बिषय संसदमा उठेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराष्ट्रपतिले कुनै पनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिइरहन मिल्छ वा मिल्दैन भन्ने कुराको सरकारसँग जवाफ माग गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको भन्ने समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधा लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरेका हुन् ।

उनले संविधानतः पार्टी सदस्यता नवीकरण गर्न पाइन्छ कि पाइँदैन भन्नेबारेमा सरकारले संसद्लाई जवाफ दिनुपर्ने बताए ।

“पूर्वराष्ट्रपतिले एउटा कुनै पार्टीको सदस्य नवीकरण गरेको समाचार सुन्नमा आयो । पार्टीको सदस्य नवीकरण गरेको हो भने पूर्वराष्ट्रपतिको हैसियतमा सुविधा लिन मिल्छ मिल्दैन, राज्यले त्योबारे के सोचेको छ । सरकारले त्यसको जवाफ देओस् । संविधानमा के छ रु त्यो सरकारले जवाफ देओस् भनेर म माग गर्न चाहन्छु,” उनले भने ।

प्रकाशित मिति : ५ असार २०८१, बुधबार  २ : २० बजे